नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आह्वान

काठमाडौं, ५ चैत । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आह्वान गरिएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #madhav nepal
प्रतिक्रिया