Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‍हेटौँडाका पत्रकार ईन्द्रप्रसाद बन्जारा जबरजस्ती करणी आरोपमा पक्राउ‍


हेटौँडा, २ वैशाख । हेटौँडाका पत्रकार ईन्द्रप्रसाद बन्जारा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। शुक्रबार बन्जरालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो।

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै मनहरी गाउँपालिकाकी ३० वर्षीया एक महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिहीबार लिखित जाहेरी दिएकी थिइन्। सोही जाहेरीको आधारमा शुक्रबार पत्रकार बन्जरालाई पक्राउ गरिएको मकवानपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार आरोपित पत्रकार बञ्जरालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ। जाहेरी दर्ता गराएकी महिलालाई सेफ हाउसमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। महिलाको स्वास्थ्य परीक्षण तथा सोधपुछ कार्य भइरहेको छ।

बलात्कार हो कि होइन भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता कार्कीले बताए।

हेटौँडा ९ मा रहेको त्रिवेणीधाम मन्दिरको काँसघारीमा बिहीबार जबरजस्ती करणी भएको युवतीले उजुरीमा उल्लेख गरेकी छन्।

 


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट