सिन्धुलीका दुई दर्जनबढी जंगलमा आगलागी

सिन्धुली, ५ वैशाख । सिन्धुलीको सुनकोशी गाउँपालिका २ अँधेरी पाखामा लागेको डढेलो बस्तीमा सल्किदा स्थानीय जुल्फे शार्कीको घरगोठ जलेर नष्ट भएको छ । उनकी श्रीमती सिता विसंखे घाइते भएकी छन्।
नेकपा माओवादी केन्द्रका स्थानीय नेता उपेन्द्र कोइरालाका अनुसार जंगलमा लागेको आगो शार्कीको घरमा सल्किदा निभाउन खटिएकी सिता जलेर घाइते भएकी हुन् ।
उनको उपाचारका लागि धुलीखेल अस्पताल पठाइएको छ । आगलागीबाट शार्कीको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा नष्ट हुनुका साथै तीनवटा भैंसी ,एउटा बाख्रा जलेर मरेका छन् ।
अँधेरी पाखाको डढेलो नियन्त्रण बाहिर गएको छ । यस्तै सुनकोशी गाउँपालिकामा सातादेखि सल्केको डढेलो नियन्त्रण बाहिर जाँदा स्थानीय त्रसिद बनेका छन् । सुनकोशी गाउँपालिका २ को अँधेरी, साँधिखोला, वडा नम्बर ४ को लक्ष्मी डाँडा जंगलमा आगलागी भइरहेको छ ।
यस्तै जिल्लाका दुई दर्जनबढी जंगलमा आगलागी भइरहेको बताइएको छ ।
क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #fire, #hot
प्रतिक्रिया