Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं उपत्यकामा एक रुपैयाँले गाडी भाडा घट्यो


काठमाण्डौं, ११ जेठ । बाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको हो ।

मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको छ । काठमाण्डौ उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले जानकारी दिए । उनका अनुसार नयाँ भाडादर आजै राजपत्रमा प्रकाशित भइसकेकाले लागू भइसकेको छ । डिजलको भाउ घटेको नौ दिनपछि छोटो दूरीको भाडा घटेको छ ।

नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । गएको चैत २० गते डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा तीन रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्य अनुसार डिजलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । बढेको भाडा अनुसार यात्रुले काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा चढ्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने भए पनि २० रुपैयाँ भाडा तिर्दै आएका थिए । अब भने न्यूनतम भाडा १७ रूपैयाँ हुनेछ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट