Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनकोशीमा बेपत्ता सीटीईभीटीका कर्मचारीको खोजी गर्न थप गोताखोर सिन्धुली प्रस्थान


स्न्धिुली, २० जेठ । सुनकोशीमा बेपत्ता सीटीईभीटीका कर्मचारीको खोजी गर्न थप गोताखोर सिन्धुली प्रस्थान गरेका छन्।

शनिबार सशस्त्र प्रहरी बलले कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट थप गोताखोर सिन्धुली प्रस्थान गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमान्डमा चार जना गोताखोरसहित सात जनाको टोली सिन्धुली प्रस्थान गरेको हो।

यसअघि काठमाडौंको सिनामंगलस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जनाको गोताखोर टोली खटिएको थियो।

शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो। जिप खस्दा तीन जना कर्मचारी बेपत्ता छन्।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन्।

सुनकोशीमा गाडीसहित बेपत्ता भएका सीटीईभीटीका कर्मचारीको खोजी कार्य जारी

 

 


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #gotakhor, #hot, #sunkoshi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट