Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भागबण्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुन्छ : प्रचण्ड


काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भागबण्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने दाबी गरेका छन्।

मंगलबार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुर्नगठन हुने बताएका हुन्। ‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने।’ प्रचण्डले थपे,‘ त्यसबाट पनि जनताका विकास निर्माण र समृद्धिका आकांक्षा सम्बोधन गर्ने एकीकृत रुपमा अगाडि बढाउँछौं।’

उनले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी गराए। प्रचण्डले भने,‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं। आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ।’

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्ने उनले बताए। उनले भने, ‘विकासलाई गति दिन र विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ।’


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट