Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत


काठमाडौं, २१ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।

आज दिउँसो बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। आजको बैठकमा जम्मा उपस्थित सांसद संख्या ५९ रहेको र मुख्‍यमन्त्री पाण्डेको पक्षमा ३५ मत परेको र विपक्षमा २२ मत परेको र मत दिन्नँ भन्ने पक्षमा २ मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादी एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन्। प्रदेश सकारमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी विनाविभागीय छन्।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट