Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपतिमा रामचन्द्रका लागि भोट माग्न कांग्रेसले सातवटै प्रदेशमा पदाधिकारी खटाउने


काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसले सातवटै प्रदेशमा आफ्ना पदाधिकारीहरूलाई खटाउने भएको छ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई निर्वाचित गराउनका लागि सातवटै प्रदेशमा पदाधिकारी खटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

राष्ट्रपतिका लागि आठ दलको साझा उम्मेद्‌वार बनेका कांग्रेस वरिष्ठ नेता पौडेललाई विजयी गराउनका लागि १९ गते सातवटै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रममा कांग्रेस पदाधिकारीलाई खटाइने प्रवक्ता महतले बताए।

राष्ट्रपतिका लागि सहकार्यमा रहेका दलका प्रदेश सभा र प्रतिनिधि सभाका सांसदहरूको संयुक्त उपस्थितिमा बिहीबार छलफल गर्ने जनाइएको छ। फागुन २४ गते पुनः छलफल हुने जनाइएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #congress, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट