Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिगमनका विरुद्धको संघर्षमा निर्णयात्मक विजय : नेकपा मसाल


काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएकोमा नेकपा मसालले बधाई दिएको छ । मसालले विज्ञप्तिमार्फत राष्ट्रपतिको चुनावमा उनको विजय सामान्य विषय मात्रै नभएर प्रतिगमनका विरुद्धको सङ्घर्षमा निर्णयात्मक विजय पनि भएको जनाएको छ ।

‘त्यो विजयबाट जनताको महान् आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू गणतन्त्र र धर्म निरपेक्षतासमेतमा महत्त्वपूर्ण मदत पुग्ने छ भन्ने आशा गरेका छौँ’, महासचिव मोहन विक्रम सिंहको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यो स्पष्ट सोचाइ छ कि प्रतिगमनको खतरा अझै पनि गम्भीर छ । राजावादीहरूले संसद्भित्र र बाहिर गणतन्त्र र धर्म निरपेक्षतासमेतका विरुद्ध अगाडि बढाइरहेको गतिविधिबाट यो कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षतासमेतको पक्षमा भएका राजनीतिक शक्तिहरूमाझ बलियो एकताको आवश्यकता रहेको कुरामा हामीले विशेष जोड दिन्छौँ ।’

मसालले नवनिर्वाचित राष्ट्रपति पौडेलको सफल कार्यकालको कामना समेत गरेको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट