Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनमत पार्टीबाट ममता झाको उपराष्ट्रपति पदमा उम्मेदवारी


काठमाण्डौं, २७ फागुन । जनमत पार्टीको तर्फबाट नेतृ ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । १० दलीय सत्ता गठबन्धनबाट उनले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी हुन् ।

उनको प्रश्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् । सत्तापक्षकै जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै नेकपा एमालेबाट उपराष्ट्रपति पदको लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट