Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शपथ ग्रहण गर्ने


काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उनले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्ने छन् । राष्ट्रपतिको शपथ ग्रहणको विशेष समारोहमा समाचार सङ्कलन तथा छायाङ्कनका लागि राष्ट्रपति कार्यालयले सञ्चार माध्यमलाई सोमबार दिउँसो १ बजे आउन निमन्त्रणा गरेको छ ।

राष्ट्रपतिले प्रधान न्यायाधीशसँग शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने छ । पौडेलले शपथ ग्रहण गरेसँगै उनको औपचारिक पदावधि सुरु हुन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आजबाट सकिँदैछ । राष्ट्रपति पदको जिम्मेवारी प्राप्त गर्ने पौडेल तेस्रो व्यक्ति हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट