Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय


काठमाडौं, १ चैत । नेपाली कांग्रेसले यही चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका संसदीय दल नेतासमेत रहेका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई मतदान गर्ने निर्णय गरेको हो।

प्रवक्ता प्रकाशशरण महतले जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय भएको जानकारी दिए। कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट