Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दश दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गियो


काठमाडौं । १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।

बैठकमा उपराष्ट्रपति चुनावको बारेमा छलफल भएको छलफलमा सहभागी एक नेताले बताए । उनले १० दलका बीचमा सकारात्मकरूपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताए ।

बैठकमा उपराष्ट्रपति चुनावका लागि १० दलको बीचमा समझदारी कायम गर्नेबारेमा छलफल भएको र छलफल सकारात्मक भएको बताइएको छ । साथै बैठक फेरी भोली बस्नेछ ।

बैठकमा सरकार विस्तारलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत १० दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीन जना उम्मेदवार छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत थिए।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट