Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री दाहालले लगातार जनविरोधी कामहरू गरिरहेको सिपी गजुरेलको आरोप


काठमाडौं, ६ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाएका छन् । आइतबार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले प्रधानमन्त्री दाहालले लगातार जनविरोधी र राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाए ।

जनताबीच लगेर ती कामलाई उजागर गर्न जरुरी रहेको उनको भनाइ छ । ‘प्रचण्ड र बाबुरामहरूले जे गरे त्यो प्रतिक्रान्ति थियो । उनीहरूले आत्समर्पण गरे । वर्गीय र दुश्मनविरुद्ध उनीहरूले आत्मसमर्पण गरिसकेपछि क्रान्तिले धक्का खायो,’ उनले भने, ‘त्यो बेलाको नेतृत्वले विश्वासघात गरेको छ । आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ ।’

सत्तामा रहेको माओवादी र विद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भए पनि सफल नभएको उनले बताए । माओवादीहरू डराएर एकजुट भए भन्ने कुरा गलत रहेको उनले बताए । अहिले पनि माओवादीहरू एक ठाउँमा नरहेको उनले स्पष्ट पारे । ‘माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर, हामी सबै मिलेका छैनौँ। केही पनि मिलेको छैन,’ उनले भने, ‘सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो ।’

नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताए । १६ वर्षसम्म प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरू अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । माओवादी नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरू अहिले दुरावस्थाबाट गुज्रिनु परेको उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट