Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।

सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुईरचार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मङ्गलवार) बिहानदेखि छलफल सुरु गर्ने पनि जानकारी दिए ।

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले दाबी गरे । उनले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २र४ दिनभित्रमै सबै टुङ्ग्याउने अनि काम गर्ने विचार छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट