Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लुम्बिनीमा मुख्यमन्त्री बन्न कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ५३ जना सांसदको हस्ताक्षर बुझाए


बुटवल, १२ चैत । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् । लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेको छ। ४४ सिट भएमा बहुमत पुग्छ । यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने छन् । प्रदेश प्रमुख शेरचनले संविधानअनुसार अधि बढ्ने बताए ।

 


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #breaking, #congress, #lumbini

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट