Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दिल्ली पुगिन् आरजु राणा


काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छिन्। सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन्।

मन्त्रीपरिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी हुन्। नियमित स्वास्थ्य जाँचका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने जनाइएको छ।

नेपालको राजनीतिमा भारतको हस्तक्षेप भइरहेको भन्दै चर्को विरोध भइरहँदा उनी निरन्तर भारतको भ्रमणमा छन्। भारतमा उनले केही शीर्ष नेतासँग भेट्ने कार्यक्रम रहेको जनाएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट