Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशील : प्रम दाहाल


काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्री एवम् रक्षामन्त्री प्रचण्डले मङ्गलबार सि.सं.८ राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दे प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘विश्व परिवेशमा भइरहेका घटनाहरूको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय रूपमा उदीयमान शक्ति राष्ट्रहरू, सूचना एवम् प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलुकहरूका लागि झन् बढी महत्त्वपूर्ण हुने गर्दछ ।’’

उनले प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गरेको बताए । उनका अनुसार राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्ष्य यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्ष लगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक पर्दछ । त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्दछ ।’’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट