Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै, मन्त्रालय भागबन्डा टुंगो लगाउने तयारी


काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बस्ने तय भएको छ।

मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ।

हिजो (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश गरेका थिए।

न्यूनतम साझा कार्यक्रमको मस्यौदामा समावेश गरिएका विषयबस्तु अध्ययन गरी थपघट गर्न आज पुनः बैठक बस्दैछ। साथै मन्त्रालय भागबन्डाबारे पनि दलहरू सहमतिमा पुग्न छलफल गर्ने तयारीमा छन्।

कुन पार्टीले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भएको छ। दलहरूले आफूहरूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरिसकेका छन्।

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए।

यो प्रस्तावमा दलहरूले आ–आफ्नो दाबी राखेका थिए। यसबारे आज थप छलफल गरी सहमतिमा पुग्ने दलहरूले बताएका छन्।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट