Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी


काठमाडौं, २० चैत । नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी सांसद मेटमणि चौधरीलाई दिइएको छ ।

सोमबार बसेको संसदीय दलको बैठकबाट पूर्वमन्त्री समेत रहेका चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरिएको जनाइएको छ ।

प्रमुख सचेतकको जिम्मेवारीमा यसअघि सांसद प्रकाश ज्वाला थिए । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । चौधरी दाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट