Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्छौँ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, ५ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्ने बताएका छन्। उनले सरोकारवाला पक्षहरूसँग छलफल गरेर उक्त विधेयकलाई अगाडि बढाउने बताए।

सिंहदरवारमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गृहमन्त्री श्रेष्ठले यसअघि नै नागरिकता विधेयक ल्याउन खोजिए पनि राष्ट्रपति कार्यालयबाट फिर्ता आएको बताए। ‘हामीले नागरिकता विधेयकलाई पास गरेर पठाएकै हौं। तर उक्त विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता आएपछि नागरिकतामा केही समस्या भएकै हो। त्यो छिट्टै समाधान हुन्छ,’ उनले भने।

उनले कुनै पनि नेपाली नागरिकताबाट वञ्चित नहोस् भनेर सरकार प्रतिबद्ध रहेको बताए। ‘संवैधानिकरूपले नै नागरिक पाउने कुरामा हामी गम्भीर छौं। यसमा हामी राष्ट्रिय सहमति खोज्छौं। सरोकारवालासँग छलफल गर्छौं। तर नागरिकताबाट कोहीलाई पनि वञ्चित गर्न दिँदैनौं,’ उनले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #narayankaji shrestha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट