Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

निजीकरणका नाममा उद्योगहरू कौडीका भाउमा बेचिएः केपी ओली


काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजीकरणका नाममा उद्योगहरू कौडीका भाउमा बेचिएको दाबी गरेका छन् ।

श्रमिक दिवसका अवसरमा जिफन्डले आयोजना गरेको कार्यक्रममा उनले ठूला उद्योगहरू निजीकरणका नाममा बेचिएको बताएका हुन् । “हिजा ठूला उद्योग थिए । बन्द भएका छन् । निजीकरण भनेर बेचेर खाने काम भएको छ,” ओलीले भने, “निजीकरणका नाममा कौडीका भाउमा बेचिए ।”

उनले सत्तासिन प्रमुख दलका नेताहरू नै मजदुर किसानका देशमा कागज कारखाना किन चाहियो भन्दै हिँड्ने गरेको बताए । उनले युवाहरूलाई कुनै भुलभुलैयामा नअल्मलिन आग्रह गरे ।

उनले देशको अर्थतन्त्रका कारण कमर्चारीलाई तलब खुवाउनेबाहेक पैसा नभएको अर्थमन्त्रीले बताउने गरेको सुनाए । उनले अनेक तत्वहरू सल्बनाउन थालेको आरोप लगाए । अनुकूल परिस्थिति आयो कि आएन भनेर दुलाबाट हेर्न थालेको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट