Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अराजक र पुनरोत्थानवादी प्रवृति बोकेका झुण्ड सल्बलाउन थालेः खनाल


काठमाडौं, १७ जेठ । जेठ १७ गते । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुरुप अहिलेको नेतृत्व नचलेकाले अराजक र पुनरोत्थानवादी प्रवृति बोकेका झुण्ड सल्बलाउन थालेको बताएका छन्। पूर्व प्रधानमन्त्री खनालले मङ्गलबार एक कार्यक्रममा केही युवाले असहिष्णु रुपमा गरेको नाराबाजीबारे आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक नेतृत्व सच्चिएर रुपान्तरणका विरुद्धमा भइरहेका अराजक गतिविधिलाई निस्तेज पार्नुपर्ने बताएका हुन् ।

‘यो अराजक प्रवृति र पुनरोत्थानवादी प्रवृति मात्रै हो, अरु केही होइन । यसले समाजको रुपान्तरणको आमप्रवाहलाई रोक्न सक्दैन, तर जुन रुपमा राजनीतिक नेतृत्वले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुसारको व्यवहार र कार्यशैली अपनाउनुपर्ने हो, त्यसो नहुँदा श्रमजीविको पक्षमा काम गर्ने राजनीति शक्ति र नेतृत्वमाथि आक्रमणको प्रयास भएको हो’ उनले भने ।

पूर्व प्रधानमन्त्री खनालले ‘पञ्चायती व्यवस्थाका ३० वर्षमा तत्कालीन राजाहरूको पालामा भएका भ्रष्टाचारका काण्डैकाण्डहरूको मुण्डमाला’ को विरुद्ध लडाइँ लडेका नेताहरूमाथि तथानाम र असहिष्णु शैलीमा गालीगलौजमा उत्रिनु खेदजनक रहेको बताए। आफूमाथि आइलागेको आरोपको खण्डन उनले गरे । ‘श्रमजीवी जनताको पक्षमा हामी लडेका छौँ, जीवनपर्यन्त लडिरहने छौँ । म एउटै प्रश्न गर्न चाहन्छु, झलनाथ खनालले एक पैसा पनि खाएको देखाइदेउ । म दोषी भए पहिलो नम्बरमा हतकडी लगाउन म नै तयार छु’ उनले चुनौतीका साथ भने ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट