Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री श्रेष्ठ


काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् ।

बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बताए । उनले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताए ।

उनले भने, ‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा दृढ छ । यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन । कतिपय मुद्दाहरूमा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको छ ।’

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले भारतमा गएको आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ुअखण्ड भारतु को नक्सामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भू–भाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ । भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा आपराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सङ्गठनले सरकारको ध्यानाकर्षण गराएको हो ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट