Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीतः खनाल


काठमाडौं, १८ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत भएको बताएका छन्।

बिहीबर काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि विधेयक संसद्ले पास गरेपछि त्यसलाई प्रमाणीकरणका लागि पठाउने अधिकारी भनेको संसद्को सभामुख मात्रै हुने बताए।

उनले मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानको विपरीत भएको बताए। उनले भामुखले पठाएको विधेयकलाई १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने दाबी गरे।

उनले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै राष्ट्रपतिसमक्ष विधेयक जान नसक्ने स्पष्ट पारे। उनले सरकारले कानुन मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको आरोप लगाए।

पूर्वप्रधानमन्त्री खनालले टिकापुर घटनामा दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु गलत भएको बताए। उनले जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #jhalnath

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट