Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाआजा


काठमाडौं, १९ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन्।

शुक्रबार दिउँसो मन्दिरमा पुगेका उनले पूजाआजा गरेका हुन्। पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य मन्त्रीहरू पनि सहभागी थिए।

यसअघि आजै उनी नयाँदिल्लीबाट मध्य प्रदेश पुगेका थिए। इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट