Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट


काठमाडौं । आजको खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

खेलमा दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक बन्न पुगेको थियो ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #Circket Nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट