Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रिमियर लिगमा चेल्सीसँग लिड्स युनाइटेड पराजित


काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । उसका लागि वेस्ली फोफानाले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै चेल्सी २५ खेलमा ३४ अङ्ककासाथ अङ्क तालिकाको दशौँ स्थानमा छ । अर्को खेलमा उल्भ्सले टोटनह्यामलाई १–० गोलले हराएको छ । त्यस्तै ब्राइटनले वेस्टह्यामलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ।

एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई तथा साउथह्याम्पटनले लेस्टर सिटीलाई १–० गोलले हरायो । हिजो भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २–० गोलले हराएको थियो । सिटी २६ खेलमा ५८ अङ्ककासाथ दोस्रो स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट