Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तेश्रो अन्तर्राष्ट्रिय करातेमा नेपाललाई दुई स्वर्ण पदक


काठमाडौं, २१ फागुन । नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप दुई रजत पदक पनि जित्यो ।

श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी थिए । नेपालका लागि नौ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकासहित पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

नेपाली कराते टोलिको नेतृत्व नेपाल कराते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए । टिम व्यवस्थापकमा जेनिश पन्थी थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट