Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यू–२० महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई ६–० ले हरायो


काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएको छ ।

फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई छ–शून्य गोल अन्तरले हरायो । नेपालको जितमा दीपा शाहीले चार गोल गरिन् । यस्तै गरिमा राईले दुई गोल गरिन् ।

जितसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह ुबीु मा रहेको नेपालले अब दोस्रो खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।

एएफसी २० वर्षमुनिको महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ । यस प्रतियोगिताका लागि आयोजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएको प्रतियोगिताको शीर्ष तीन टोली स्वतः छनोट भइसकेका छन् । उज्वेकिस्तानसहित पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया सिधै छनोट भइसकेका हुन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट