Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै


काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।

नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन÷जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २र२ खेल खेल्नेछ ।

नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ ।

यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्व कप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्व कप छनोट खेल्न पाउनेछन् । त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।

शीर्ष पाँचमा पर्न अबका ४ खेलमध्ये २ खेल जिते पुग्नेछ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ । तालिकामा स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष र ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ९ अङ्कसहित पुछारमा छ । अहिले नामिबिया ३९ अङ्कसहित तेस्रो र अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट