Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सी विजयी


काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ । सिटीका इर्लिङ हालाण्डले खेलको ७८औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको २७ खेलमा ६१ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनल २६ खेलमा ६३ अङ्कका साथ शीर्षस्थानमा कायमै छ ।

गएराति भएको अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टरलाई ३–१ गोलले हराएको हो । खेलको ११औँ मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

३९औँ मिनेटमा पाटसन डाकाले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । तर पहिलो हाफको इन्जुरी समयमा काइ हाभट्र्जले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यस्तै खेलको ७८औँ मिनेटमा माटियो कोभासिसले गोल गरेपछि चेल्सी ३–१ ले विजयी भयो ।

खेलको ८७औँ मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले २६ खेलमा ३७ अङ्क जोडेको छ । चेल्सी १०औँ स्थानमा रहेको छ । अर्को खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई ३–१ गोलले हराएको छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट