Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मनाङ र मच्छिन्द्रबीच गोलरहित बराबरी, एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेले


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतवार भएको दुई वटै खेल बराबरीमा सकिएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेले । मनाङले तीन खेलमा पाँच अङ्क जोड्दा मच्छिन्द्रले आज खाता खोलेको छ ।

आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम ९एनआरटी० र त्रिभुवन आर्मी क्लबले तीन–तीन गोलको बराबरी खेलेका छन् । आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेम्जनले गोल गरे । एनआरटीका लालनुनजामाले दुई र जिन एन्सरले एक गोल गरे । आर्मीले तीन खेलमा पाँच अङ्क जोडेको छ भने एनआरटीले आज खाता खोलेको छ ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट