Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल जित्नैपर्ने दबाबमा


काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बिहीवार यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ । नेपाल लिग–२ मा ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ चौथो स्थानमा छ । नेपालभन्दा अगाडि ३९ अङ्कका साथ नामिबिया तेस्रो र नेपालभन्दा पछि ३५ अङ्कका साथ अमेरिका पाँचौँ स्थानमा छ । नेपालले यूएईलाई हराउन सकेमा ४० अङ्क हुनेछ । ४० अङ्क जोड्न सकेमा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न पाउनेछ । स्कटल्यान्ड ५० अङ्कका साथ च्याम्पियन र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगिसकेका छन् । अमेरिका ३५ अङ्कका साथ पाँचौँ, यूएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ र पपुवा न्युगिनी ११ अङ्कका साथ पुछारमा छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #Circket Nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट