Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेपालले यूइईको पाँचौ विकेट लियो


काठमाडौं, २ चैत । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले यूइईको पाँचौ विकेट लिएको छ।

कीर्तिपुरमा भएको खेलमा पाँचौ विकेटका लागि दिपेन्द्रसिंह ऐरीले एलबिडब्लुमा रोहन मुस्ताफा आउट भएका हुन्। नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गरे भने दोस्रो विकेटका लागि नेपाललाई १६औ ओभर कुर्नुपर्‍यो।

दोस्रो विकेट नेपाली स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई उलबीडब्लु आउट गरे। उनी ६३ रन बनाए आउट भए। तेस्रो विकेट युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रनआउट भए। चौथो विकेट आयान अफ्जल खानलाई दिपेन्द्र सिंह ऐरीको बलमा गुलशन झाले क्याच गरे।

३७ औँ ओभर सकिँदा यूएईले ५ विकेट गुमाएर १७६ रन जोडेको छ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट