‘ए’ डिभिजन लिगमा खुमलटारलाई हराएर सातदोबाटो शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको छ । आज च्यासल मैदानमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–१ गोलले हराउँदै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो । सातदोबाटोको लागि मातमुराटोभ र दिपकराज ठकुरीले एकरएक गोल गरे ।
खुमलटारका राजीव लोप्चनले एक गोल फर्काए। सातदोबाटोको ५ खेलमा १२ अङ्क छ । खुमलटारले ६ अङ्क जोडेको छ ।
आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । सङ्कटाको ५ अङ्क र हिमालयन शेर्पाको ६ अङ्क रहेको छ । लिगमा आजदेखि पाँचौँ चरणका खेल सुरु भएका छन् ।
यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया