Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि : नेपाल र लाओस खेल्दै


काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र लाओस खेल्दैछन् ।

खेल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा बेलुका ६ बजे सुरु हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ ।

प्रतियोगिताका लागि हिजो २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् । नेपालले सन् २०१६ पछि लाओससँग खेल्न लागेको हो ।

एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले जितेको थियो ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भए पनि नेपाली टोली खेलका लागि तयार रहेको बताएका छन् ।

नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखेको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट