Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेपालले लाओसलाई २–० गोलले हरायो


काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको छ । आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको हो ।

खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा अर्को गोल थप्यो । नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ र नवयुग श्रेष्ठले खेलको ५५ औँ मिनेटमा गोल गरे ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट