Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा


काठमाडौं । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब बसाकसेहिरमा रहेका थिए ।

३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमार्फत् सन्यास लिएको घोषणा गरेका हुन् । ओजिलले चार एफ ए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधिसहित नौ उपाधि जितेका छन् । जर्मनीका लागि ९२ क्याप जितेका उनी सन् २०१४ मा ब्राजिलमा भएको विश्व कपको उपाधि जित्दा टोलीका सदस्य थिए ।

ओजिल पाँच पटक जर्मनीको वर्ष खेलाडी घोषित भएका छन् । उनले सन् २०१८ मा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट