Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेटको फाइनलमा


काठमाडौं । विभागीय टोली एपीएफ क्लब, काठमाण्डौमा चलिरहेको ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज कोशी प्रदेशलाई ७ विकेटले हराएर लगातार तेस्रो जितसहित एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एपीएफले जितका लागि पाएको ८८ रनको लक्ष्य १८ ओभर एक बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले २१, कप्तान सीता रानामगरले १९ र इन्दु बर्माले १८ रन बनाए।

कोशीका लागि कप्तान रुविना क्षेत्री, अलिशा खडिया र निशा शाहले एकरएक विकेट हात पारे । त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ८७ रन बनायो । कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाए।

एपीएफका लागि कप्तान सीता रानामगरले ३ विकेट लिइन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा अस्ति बिहीवारदेखि सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ। आउँदो १६ गते सम्पन्न हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब, मधेस प्रदेश र ललितपुर मेयर्स-११ को सहभागिता रहेको छ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट