Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

युरोकप छनोटमा स्पेन र स्वीट्जरल्यान्डको विजयी


काठमाडौं । स्पेन र स्वीट्जरल्यान्डले युरोकप सन् २०२४ को छनोट खेलमा विजयी सुरुवात गरेका छन् । स्पेनले घरेलु मैदानमा नर्वेलाई ३–० गोलले हरायो । स्पेनका जोसेलुले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे ।

परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेका ३२ वर्षीय जोसेलु सन् २००६ पछि स्पेनबाट डेब्यु गर्ने पाका खेलाडी समेत बनेका छन् । जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । यही समूहको अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० गोलले पराजित गरी ३ अङ्क जोडेको छ ।

त्यस्तै स्वीट्जरल्यान्डले बेलारुसलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डका रेनाटो स्टेफेनले २९ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए । ग्रानिट झाँका र जेकी एमडोउनीले समान एक÷एक गोल गरे ।

जितसँगै स्वीट्जरल्यान्डले समूह ‘आई’ मा ३ अङ्क जोडेको छ । यो समूहको अर्को खेलमा रोमानियाले एन्डोरालाई २–० ले पराजित गर्दा इजरायल र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट