Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आर्मी र सातदोबाटोको खेलमा ३–३ गोलको बराबरी


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतयोगितामा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीका जिलेस्पीजंग कार्कीले दुई र दीपक गुरुङले गोल गरे भने सुरोज बस्नेतले आत्मघाती गोल गरे । सातदोबाटोका माटभुरातोभ र ओसिडुले गोल गरे । सातदोबाटो १३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । आर्मी ९ अङ्कसहित आठौँ स्थानमा छ ।

यसअघि आजै दिउँसो भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका थिए ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट