Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल र लिभरपुलको खेल बराबरीमा


काठमाडौं । इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेलेको छ ।

गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले ४२औँ र रोबर्टो फर्मिना ८७औँ मिनेटमा गोल गरे ।

सुरुवाती दुई गोलको अग्रता लिएको आर्सनलका लागि मार्टिनेलीले ८औँ र गाब्रियल जेससले २८औँ मिनेटमा गोल गरे । बराबरीपछि आर्सनलले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । आर्सनलको ३० खेलबाट ७३ अङ्क भएको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६७ अङ्क छ भने उसले एक खेल कम खेलेको छ । लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलले हराएको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट