शहीद स्मारक ए डिभिजन लिग : थ्री स्टार र मनाङले १–१ गोलको बराबरी खेले

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टारका सन्तोष साहुखलले ७८ औँ मिनेटमा गोल गरेर अग्रता दिलाए पनि त्यसको छ मिनेटपछि नै मनाङले गोल फर्काएर खेल बराबरीमा ल्यायो । मनाङका लागि कोफी कोउडुले गोल गरे ।
जितसँगै मनाङ ७ खेलमा १५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायमै छ । थ्री स्टार उति नै खेलमा ११ अङ्कसहित छैटौँ स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया