Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

आईपीएल क्रिकेट : मुम्बईको पहिलो जित


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति दिल्लीमा भएको खेलमा मुम्बईले घरेलु टोलीलाई ६ विकेटले हरायो ।

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका कप्तान रोहित शर्माले ६५ रन बनाए । तिलक बर्माले ४१ रन जोडे । दिल्लीका मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनायो । दिल्लीका कप्तान डेविड वार्नरले ५१ रन तथा अक्षर पटेलले ५४ रन जोडे । मुम्बईका पीयुष चावला र जेशन बेरेनडर्फले समान ३र३ विकेट लिए ।

पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लारसँग र दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

मुम्बई २ अंकका साथ आठौं स्थानमा छ । चार खेलमा अंकबिहीन दिल्ली पुछारमा छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट