Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी, चेल्सी र टोटनह्याम पराजित


काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले हराएको छ । गएराति भएको खेलमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सले एक गोल गरे ।

लेस्टर सिटीका केलिची इहानाचोले एक गोल फर्काए । जितसँगै सिटीले ३० खेलमा ७० अङ्क जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । लेस्टर २५ अङ्कसहित १९औँ स्थानमा छ । समान ३० खेलमा ७३ अङ्क रहेको आर्सनल शीर्षस्थानमा कायमै छ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा हिजो भएको खेलमा टोटनह्याम र चेल्सी पराजित भएका छन् । टोटनह्यामलाई बर्नमाउथले ३–२ गोलले हराएको हो । बर्नमाउथका माटियस भिना, डोमिनिक सोलान्के र डान्गो ओटाराले एकरएक गोल गरे ।

टोटनह्यामका सन ह्युङ मिन र अर्नुट डान्जुमाले एकरएक गोल फर्काए । जितसँगै बर्नमाउथले ३१ खेलमा ३३ अङ्क जोडेको छ । बर्नमाउथ १४औँ स्थानमा छ । पाँचौँ स्थानको टोटनह्यामले ३१ खेलमा ५३ अङ्क जोडेको छ ।

अर्को खेलमा चेल्सी पराजित भयो । चेल्सीलाई ब्राइटनले २–१ गोलले हराएको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो । खेलको १३औँ मिनेटमा कोनर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४२औँ मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६९औँ मिनेटमा जुलिओ एन्सिसोले गोल गर्दै ब्राइटनलाई २–१ गोलको जित दिलाए ।

जितसँगै ब्राइटनले २९ खेलमा ४९ अङ्क जोडेको छ । ब्राइटन सातौँ स्थानमा रहेको छ । चेल्सी ३१ खेलमा ३९ अङ्क जोडेर ११औँ स्थानमा रहेको छ । अरु खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई र क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई समान २–० गोलले तथा फुलह्यामले एभर्टनलाई ३–१ गोलले हराएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट