थ्री स्टारले हिमालयन शेर्पालाई हरायो

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई एक–शून्य गोलले हराएको छ ।
ललितपुरको एन्फा कम्प्लेक्समा आज बिहीवार दिउँसो भएको खेलमा थ्री स्टारले आत्मघाती गोलमा जितेको हो । हिमालयनका सञ्जीत राईले खेलको १४ औँ मिनेटमा आत्मघाती गोल गरे । खेलको ४८ औँ मिनेटमा हिमालयन शेर्पाले पेनाल्टीको अवसार पाएको थियो तर उसका विश्वास श्रेष्ठले गोल गर्न सकेनन् ।
प्रतियोगितामा थ्री स्टारको यो पाँचौँ जित हो । थ्री स्टार १० खेलमा १८ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन नौ अङ्कका साथ १३ औँ स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया