Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

शहीद स्मारक ए डिभिजन लिग फुटबल : एपीएफले फ्रेन्ड्ससँग अङ्क बाँड्यो


काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा र फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।

ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालको मैदानमा आज बिहीवार भएको खेलमा एपीएफले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले २७ औँ मिनेटमा प्रदीप लामाको गोलबाट अग्रता लिएको थियो । तर ५२ औँ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए ।

यससँगै एपीएफ १३ खेलमा १८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । फ्रेन्ड्स उति नै खेलमा १५ अङ्कसहित नवौँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट