Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पुलिसले शीर्ष स्थानको जावलाखेललाई हरायो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई हराएको छ ।

आज मङ्गलवार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–१ गोलले हराएको हो । पुलिसका लागि मोसेस ग्याबाह र महमद हिजाजीले गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिस १५ अङ्कसहित तालिकाको दशौँ स्थानमा पुगेको छ । शीर्ष स्थानको जावलाखेलको २४ अङ्क रहेको छ ।

आजै च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र खुमलटार एफसीले २–२ गोलको बराबरी खेलेका छन् । थ्री स्टारका लागि लाकेन लिम्बु र आदित्य शाक्यले गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । थ्री स्टार २३ अङ्कसहित दोस्रो स्थानमा र खुमलटार १४ अङ्कसहित पुछारमा रहेको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट