Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काभा महिला भलिबल : भारतसँग नेपाल पराजित


काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाललाई हराउँदै भारत समूह ‘ए’ को विजेता बनेको छ ।

आज बुधवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३–१ पराजित भयो । भारतले पहिलो सेट २५–१२ र दोस्रो सेट २६–२४ ले जित्यो । तेस्रो सेट नेपालले २५–२१ ले जिते पनि चौथो सेट फेरि भारतले २५–२१ ले जित्यो ।

यो जितसँगै भारतले ३ खेलमा ९ अङ्क जोडेको छ । उपविजेता बनेको नेपालको उति नै खेलमा ६ अङ्क छ । नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

अब समूह ‘ए’ को उपविजेता बनेको नेपालले पर्सि शुक्रवार हुने सेमिफाइनलमा समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । यस्तै समूह ‘ए’ को विजेता बनेको भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट